मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम र बाजुरा मिलेर बयालपाटालाई कोरोना परिक्षण केन्द्र बनाउनु पर्छ : उपप्रमुख चलाउने

अछाम र बाजुरा मिलेर बयालपाटालाई कोरोना परिक्षण केन्द्र बनाउनु पर्छ : उपप्रमुख चलाउने


पूर्ण बहादुर खड्का, अछाम ।

पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले बयालपाटा अस्पताललाई कोरोना परिक्षण अस्पतालका रुपमा बिकसित गर्नुपर्ने बताएकी छन् । अछाममा कोरोनाको संक्रमण देखिए संगै उनको यस्तो धारणा आएको हो ।

बयालपाटा अस्पतालले यस क्षेत्रका जनताको निशुल्क उपचार गर्दै मन जित्न सफल भएको र पूर्वाधार र जनशक्तीका हिसाबले पनि राम्रो भएकाले कोरोना परिक्षणका लागि मेसिन लगायतका उपकरण खरिद गर्न पहल गर्नुपर्ने बताएकी हुन् ।

उपप्रमुख चलाउनेले बयालपाटा अस्पताल अछाम र बाजुराको बिच भागमा रहकाले दुई जिल्लाका स्थानिय तहहरुले बजेट छुट्याएर पिसिआर परिक्षण गर्ने मेसिन खरिद गर्न समन्वय गर्ने बताएकी छन् ।

सुपका पहाडी जिल्लामा पनि कोरोनाको संक्रमण बढेसंगै जोखिम पनि बढी भएकाले दुई जिल्ला मिलेर बजेट छुट्याउनु पर्ने र बयालपाटा अस्पतालले राम्रो सेवा दिन सक्ने उपप्रमुख चलाउनेको बिश्वास छ ।

जिल्लामा संक्रमण देखिएको र धनगढीबाट परिक्षणको गति पनि सुस्त भएको भन्दै चलाउनले अब बाजुरा र अछामका लागि बयालपाटामै परिक्षण स्लथ बनाउन सबै जुटनुपर्ने उहाँको धारणा छ ।

परिक्षणका लागि प्रदेश सरकारले तत्काल जनशक्तीमा सहयोग गर्नुपर्नेमा समेत उहाँको माग छ । साथै उहाँले भोली बाटै अछामका समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख र बाजुराका स्थानिय तहका प्रमुख संग यस बिषयमा सल्लाह गर्ने समेत जानकारी दिनुभएको छ ।