मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन गाउँपालिकामा क्वारेन्टाइनको अनुगमन

रामारोशन गाउँपालिकामा क्वारेन्टाइनको अनुगमन

सुदूर आज

अछाम ।

अछामको रामारोशन गाउँपालिकामा बनाईएका क्वारेन्टाइन रहेका नागरिक र क्वारेन्टाइनको अवस्थाका बारेमा अनुगमन गरिएको छ । रामारोशन गाउँपालिकाका जनप्रतिनिधि र क्रियाशील राजनीति दलहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।

गाउँ पालिकाका सबै वडाका विद्यालयमा रहेका क्वारेन्टाइनको उचित व्यवस्थापन र देखिएका समस्या समाधानमा बिषयमा अनुगमनका साथै छलफल भएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोगको संक्रमण फैलिन नदिन अपनाउनु पर्ने सतर्कताका लागि आम नागरिक लाई सचेत पनि अनुगमनका क्रममा गराईएको छ ।

अनुगमन टोलिमा रामारोशन गाउँ पालिका उपाध्यक्ष सरस्वती रावल, नेपाल कम्युनिस्ट पाटी रामारोशनका अध्यक्ष कम्मान सिं साउद, सचिव पदम शाह, नेपाली कांग्रेस रामारोशन गाउँ कार्यसमिति सचिव पुर्व बहादुर विक, कांग्रेस युवा नेता पुष्प बिष्ट रहेका थिए ।

यस्तै अनुगमन टोलीमा गाउँ पालिका १ नम्बर वडाका वडा अध्यक्ष खडक साउद, युवा समाजसेवी जनक रावल लगायतले सामाजिक दुरि कायम गरि क्वारेन्टाइनको अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा सबै क्वारेन्टाइनमा थुप्रै समस्या देखा परेको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको र छिट्टै समस्या समाधान हुने कांग्रेस नेता बिष्टले बताए ।