मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला पुगेका डा. केसी आजदेखि अनसन बस्दै, यस्ता छन् मागहरु

दार्चुला पुगेका डा. केसी आजदेखि अनसन बस्दै, यस्ता छन् मागहरु

सुदूर आज

धनगढी : दार्चुला पुगेका डा गोविन्द केसीले मंगलबार देखि दुई दिन सत्याग्रहमा सुरु गर्ने भएका छन्। सीमाका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि डाक्टर केसीले सत्याग्रह सुरु गर्न लागेका हुन्।

उनले दार्चुला सदरमुकाम खलंगामा सत्याग्रह सुरु गर्न थालेका हुन्। यो उनको १८औं सत्याग्रह हो।

मागहरुः
१) दार्चुला लगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्।

२) भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गरियोस्।

३) गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिबास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस्। हामीसित यस अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस्।