मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाही गर : स्वास्थ्यकर्मी संघ डोटी

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाही गर : स्वास्थ्यकर्मी संघ डोटी

सुदूर आज

डोटी – नेपाल स्वास्थ्यकर्मी संघ डोटीले स्वास्थ्यकर्मीमाथी कुटपिट गर्नेलाई कारबाहि गर्न माग गरेको छ। मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कार्बाही गर्न माग गरेको हो।

संघका अध्यक्ष अर्जुन बलायरद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा स्वास्थ्यकर्मीहरु भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो र परिवारको स्वास्थ्य जोखिममा राखेर सिमित स्रोत साधनका बावजुत अग्रमोर्चामा खटिराखेको उल्लेख गर्दै यस्तो अवस्थामा स्वास्थ्यकर्मी माथी भएको आक्रमण प्रती गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

विज्ञप्तीमा भनिएको छ,‘ सबै स्वाथ्यकर्मीहरु असुरक्षित रहेको आभाष दिएको छ। यस्ता प्रबृद्धीका घटनाले जो जति बेला पनि असुरक्षित छ भन्ने संकेत दिन्छ। तसर्थ तत्कालै सबै स्वास्थ्यकर्मीहरुलाई पर्याप्त सुरक्षाको अनुभुती दिलाउन राज्यसंग जोडदार माग गर्दछांै।’

आइतबार शिखर नगरपालिका वडा नम्बर ७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी गइरहेका अहेव रमेश कुवँर कुटपिटबाट घाइते भएका छन्। गम्भिर घाइते कुवँरको काठमाण्डौ स्थित  ट्रमा सेन्टरमा उपचार भैरहेको छ।

गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानिय तीन जनाले गाली गलौच गर्दै एक्कासी ढुङ्गामुडा प्रहार गरेका दिनेश खबरमा समाचार छ।