मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्याय हेल्थ नेपालले गर्यो १९४ जना कोरोना संकास्पद बिरामीको उपचार

न्याय हेल्थ नेपालले गर्यो १९४ जना कोरोना संकास्पद बिरामीको उपचार

सुदूर आज

फोटो बयालपाटा अस्पताल अछाम ।

पूर्ण बहादुर खड्का, अछाम ।

न्याय हेल्थ नेपालले बयलापाटा अस्पताल, चरिकोट अस्पताल तथा चौरमाण्डौँ प्राथमिक स्वास्थ्य गरी १ सय ९४ जना कोरोना संकास्पद बिरामीको उपचार गरेको छ । बयालपाटा असपतालमा १ सय १६, चरिकोट अस्पतलमा ५० र चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रमा २८ जना संकास्पद बिरामीको उपचार गरिएको हो ।

बयालपाटा अस्पतालबाट ९१ तथा चरिकोट अस्पतालबाट १६ गरी ९७ जनाको श्वाब संकलन गरी परिक्षण गरिएकोमा बयालपाटा अस्पतालबाट पठाईएको श्वाब अनुसार एक जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अन्यको नेगेटिभ आएको संस्थाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा चरिकोट अस्पताल दोलखाबाट ७ जना संकास्पद बिरामीको उपचार गरिएको छ भने बयालपाटा बाट ९ र चरिकोटबाट २ जनाको प्रयोगशाला रिपोर्ट प्राप्त हुन बाँकी रहेको संस्थाले जनाएको छ ।

बयालपाटामा २ जना र चरिकोटमा २ जना गरी हाल ४ जनालाई आईश्वलेशनमा राखेर उपचार भईरको न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनीद्धारा जारी गरिएको बिज्ञप्तीमा जनाईएको छ ।

बयालपाटाबाट १९ र चरिकोटबाट ४६ गरी ६५ जनाको आरडिटी परिक्षण गरिएकोमा चरिकोट बाट पठाईएका २ जनाको मात्र पोजिटभ आएको छ भने बाँकीको नेगेटिभ आएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

न्याय हेल्थ नेपालले जेठ २० गते सम्म संस्थाद्धारा संचालित सबै अस्पतालमा भएको उपचार तथा परिक्षणको विवरण बिज्ञप्ती मार्फत सार्वजनिक गरेको संस्थाका कार्यकारी निर्देशक एसपी कलैनीले बताए ।

यसका साथै कोरोना भाइरसका कारण देखा परेका चुनौतिहरूलाई कडाइका साथ सामना गर्नुका साथै यसबाट हुन सक्ने सम्भावित विनाशलाई कम गर्न संस्थाले हरसम्भव प्रयास गरिरहेको बिज्ञप्तीमा जनाईएको छ ।

यो पनि पढ्नुस : कोरोना विनाशलाई कम गर्न संस्थाको प्रयास जारी छ : न्याय हेल्थ नेपाल

विज्ञप्तीको पूर्ण पाठ