मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फ्रन्टलाईनमा रहेका संचारकर्मीको स्वास्थ्य परिक्षण गर्न प्रेस युनियन अछामको माग

फ्रन्टलाईनमा रहेका संचारकर्मीको स्वास्थ्य परिक्षण गर्न प्रेस युनियन अछामको माग

सुदूर आज

अछाम ।

जिल्लामा क्रियाशिल संचारकर्मीकोको यथासिघ्र कोरोना परिक्षण गर्न नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले माग गरेको छ । फ्रन्टलाईनमा काम गर्ने संचारकर्मीको स्वास्थ्य परिक्षण गर्न युनियनले माग गरेको हो ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै युनियनले संचारकर्मीको स्वास्थ्य बिमा तथा राहत उपलब्ध गराउन सम्बन्धीत पक्षलाई आग्रह गरेको छ । जिल्ला स्थित विभिन्न सञ्चार माध्याम र राष्ट्रिय मिडियाहरुमा कार्यरत सञ्चारकर्मिहरुलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध समेत बिज्ञप्ती मार्फत माग गरिएको छ ।

एकातिर ब्यक्तिगत स्वास्थ्य सुरक्षा र अर्कोतिर मिडियाको व्यावसायिक ब्यवस्थापनमा समेत चुनौती थपिदै गएको कोरोनाको महामारीमा पनि आफु र आफ्नो घरपरिवार समेत जोखिममा राखेर काम गरिरहेका संचारकर्मीको यूनियन अछाम शाखाले प्रशंसा समेत व्यक्त गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

नेपाल प्रेस युनियन अछाम शाखाका कार्यबाहक उपाध्यक्ष लोकराज ढकाल एवं सचिव सुशिल भणरीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा सञ्चारकर्मीहरुले सकभर घरबाटै सुरक्षीत रुपमा काम गर्ने बाताबरणको सृजना गरी मिडिया हाउसले समेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला बाहिर र छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाइनमा राखिएका सबै नागरिलाई खान बस्नको राम्रो ब्यवस्था गर्नुकास साथै उनीहरुको तत्काल पिसिआर विधि मार्फत कोरोना परिक्षण गर्न युनियन अछामले जोडदार माग गरेको छ ।

बिज्ञप्तीको पूर्णपाठ