मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस संगठन अछामद्धारा संचारकर्मिलाई सर्जिकल मास्क वितरण

प्रेस संगठन अछामद्धारा संचारकर्मिलाई सर्जिकल मास्क वितरण

सुदूर आज

बिक्रम परियार,अछाम

प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामले संचारकर्मिलाई सर्जिकल मास्क बितरण गरेको छ । बिश्वभरी महामारीको रुपमा फैलिरहेको नोभेल कोरोनाभाइरस कोभिड १९ को संक्रमण फैलिरहेको बेला उच्च जोखिममा रही अग्रमोर्चामा खटेर काम गर्ने जिल्लाका पत्रकार तथा पत्रकारका संगठनलाई एक हजार थान सर्जिकल मास्क बितरण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रभाबशाली नेता नेपाल सरकारका पूर्ब उपप्रधान, गृह तथा रक्षा मन्त्री डाक्टर भिम बहादुर रावलबाट प्राप्त १ हजार थान मास्क जिल्लामा अग्रपंक्तिमा रहेर काम गरिरहेका संचारकर्मिहरुकालाई प्रदान गरिएको हो । प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामका सह संयोजक कृष्ण बहादुर बुढाले यस माहामारीको बेलामा अग्र मोर्चामा खट् िकटिबद्ध रहेका संञ्चारकर्मिलाई १ हजार थान मास्क वितरण गर्नु भएको हो ।

यस्तो बिषम परिस्थितीमा हरेक नागरिकलाई सुसूचित सहित जिम्मेवार बनाउन खट्रिहेका संञ्चारकर्मिलाई धन्यवाद दिदै आगामि दिनमा समेत संञ्चारकर्मिका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनु भयो ।

आफनो स्वास्थ्य पहिलो धन भएकाले हरेक मिडीयामा कार्यरत संञ्चारकर्मिलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्री सहीत काम गर्न आग्रह गर्नु भएको थियो । साथै सह संयोजक बुढाले यतिबेला संञ्चारकर्मिका लागि अभाब मास्क उपलब्ध गराएकोमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रभाबशाली नेता नेपाल सरकारका पूर्ब उपप्रधान, गृह तथा रक्षा मन्त्री डाक्टर भिम बहादुर रावललाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

मास्क वितरण कार्यक्रममा नेपाल पत्रकार महासँघ अछाम शाखाका कार्य बाहक अध्यक्ष खम्म खत्री, पत्रकार महासँघ अछामका पूर्व सचिव एव प्रेस संगठन नेपाल प्रदेश कमिटी सदस्य शिवराज ढुँगाना, प्रेस संगठन नेपाल प्रदेश कमिटी सदस्य एवं रेडियो जनप्रियका स्टेशन म्यानजेर तपेन्द्र कुँवर, प्रेस संगठन नेपाल प्रदेश कमिटी सदस्य एवं रेडियो रामारोशनका स्टेशन म्यानजेर चन्द्र बहादुर थापा र प्रेस संगठन नेपाल जिल्ला कमिटी सदस्य विक्रम परियार लगायतको सहभागीता रहेको थियो ।