मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक जटिलताका कारण संस्थाले मानव संसाधन हेरफेर गर्नुपर्ने अवस्था आयो : न्याय हेल्थ नेपाल

आर्थिक जटिलताका कारण संस्थाले मानव संसाधन हेरफेर गर्नुपर्ने अवस्था आयो : न्याय हेल्थ नेपाल

श्रम ऐन २०७४ को मापदण्ड अनुसार अघि बढेका छौँ : कार्यकारी निर्देशक कलौनी

सुदूर आज

श्रम ऐन २०७४ को मापदण्ड अनुसार अघि बढेका छौँ : कार्यकारी निर्देशक कलौनी

अछाम । न्याय हेल्थ नेपालले कर्मचारी व्यावस्थापन र कटौती सम्बन्धी केही संचार माध्यममा आएका समाचार प्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । वास्तविकक्ता भन्दा फरक ढंगबाट संस्थाको बारेमा कुरा आएको भन्दै उक्त कुरा सच्याउन माग गरिएको छ ।

संस्थाले आर्थिक जटिलता बेहोर्नु परेको कारण दुई महिनाको अग्रिम सुचना दिएर नेपालको श्रम ऐन २०७४ को श्रमिक कटौतीको प्रावधान अनुसार आउने आर्थिक बर्षका लागि केही कर्मचारीको करार नविकरण नहुने कुरा बिज्ञप्तीमा उल्लेख गरिएको छ । संचार माध्यममा आए अनुसार कर्मचारी कटौती गर्दा स्थानिय मात्र नभई सबै तह र बिभागका समेत रहेका भन्दै संस्थाले प्रष्ट पारेको छ ।
अन्तराष्ट्रिय दाताहरुको सहयोगबाट संचालन हुदैँ आएकोमा केही बर्ष यता बिश्वव्यापी रुपमा अनुदान घट्दो क्रममा रहेकोले बाह्य सहयोगमा निर्भर संस्थाले आर्थिक जटिलता बेहोर्नु परेको कारण उक्त कदम लिनु परेको जनाएको छ ।

कानुनी सल्लाह र स्थानिय सरकारका प्रमुखलाई जानकारी गराए पश्चात मात्र ऐन अनुसार मापदण्ड निर्धारण गरी संस्थाको कार्यकारिणी समितीले मानव संसाधनको पुनर्सरचना गर्ने निर्णय गरिएको बिज्ञप्तीमा भनिएको छ । स्वास्थ्य सेवाको निरन्तरता तथा दिर्घकालिन व्यावस्थापनलाई ध्यान दिएर भाबी योजना, कार्यक्रमहरुको दिगोपना र भोग्नु परेको वित्तिय समस्याका कारण आउने आर्थिक बर्षमा जनशक्तीको पुनर्सरचना गरिएको संस्थाले जनाएको छ ।

बिषम परिस्थितीमा कर्मचारी कटौती गर्नुपरे पनि कटौतीमा पर्ने कर्मचारलिाई संस्थाले सक्दो सहयोग गरेको जनाएको छ । संस्थामा काम गरे अनुसार एक बर्ष पुगे एक महिनाको तलब तथा सो भन्दा कम माथी भए सोही अनुसार सुबिधा, चाडपर्व भत्ता लगायतका सुबिधा समेत प्रदान गरिने बिज्ञप्तीमा उल्लेख छ ।

अस्पताल, समुदाय र घरघरसम्म सेवा बिस्तार गरी दिगो विकास लक्ष्य प्राप्तीमा संस्था सफल भएको छ : न्याय हेल्थ नेपाल ।

बिश्वव्यापी रुपमा आएको अािर्थक चुनौतीका कारण आगामी बर्ष पनि थप आर्थिक जटिलता हुने कठिनाईका बाबजुत पनि संस्थाले निशुल्क रुपमा अछाम दोलखा लगायतका छिमेकी जिल्लाका नागरिकलाई गुणस्तरिय सेवा प्रदान गरिरहेको जनाएको छ ।

कठिन परिस्थितीमा पनि स्वास्थ्य सेवाको दिगोपना र आम नागरिकलाई निरन्तर स्वास्थ्य सेवा दिन आधारभुत र जटिल स्वास्थ्य सेवाका लागि सरकारको प्रत्यक्ष लगानी बृद्धिमा आग्रह गर्ने, स्वास्थ्य बिमा व्यावस्थापन र परिपूर्तीमा सुधार गर्ने, बाह्य सहयोग निरन्तरताका लागि पहल गर्ने, कार्यक्रममा नभई नहुने साधनको व्यावस्था गरी संस्थालाई अघि बढाउने संस्थाको लक्ष्य रहेको छ ।

११ बर्ष देखि संस्थाले सरकारसंगको साझेदारीमा नेपालमा सार्वजनिक स्वास्थ्य सेवा सुधार गर्न लागि परेको भन्दै संस्थाले अस्पतालको सेवा सुधार गर्दै सेवालाई समुदाय र घरघरसम्म बिस्तार गरेर राज्यले अघि सारेको दिगो विकास लक्ष्य प्राप्त गर्न सफल भएको कुरा न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । बिगत बर्ष झैँ आउने बर्ष पनि केन्द्र, प्रदेश र स्थानिय सरकारको सहयोग तथा सहकार्यमा नेपालको सार्वजनिक स्वास्थ्य सेवा सुदृढिकरणमा संस्था निरन्तर लागिरहने कुरा समेत जानकारी गराईएको छ ।

विज्ञप्तीको पूर्णपाठ