मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा ५७ हजार ४२८ जनालाई क्वारेन्टाइनमा राखियो

सुदूरपश्चिममा ५७ हजार ४२८ जनालाई क्वारेन्टाइनमा राखियो

सुदूर आज

धनगढी : सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ५७ हजार सात सय बढिलाई क्वारेन्टाइनमा राखिएको छ।

भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ५७ हजार चार सय २८ जनालाई विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

क्वारेन्टाइनमा राखिएका मध्ये ४९ हजार तीन सय ६८ जना पुरुष र ८ हजार ६० जना महिला रहेका छन्। सबैभन्दा बढि कैलालीमा १५ हजार ७ सय ६९  जना, कञ्चनपुरमा सात हजार नौँ सय ७९ जनालाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

डोटीमा आठ हजार पाँच सय ८९, बैतडीमा पाँच हजार ८ सय ६५ जना, अछाममा पाँच हजार नौँ सय ८८ जना, डडेल्धुरामा चार हजार चार सय ९९ जना, बझाङमा दुई हजार नौँ सय ९८ जना, बाजुरामा चार हजार दुई सय ९० जना, दार्चुलामा एक हजार चार सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका दिनेश खबरमा समाचार छ।