मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना ६४ जिल्लामा पुग्यो, २३०० संक्रमित, ९ जनाको मृत्यु

कोरोना ६४ जिल्लामा पुग्यो, २३०० संक्रमित, ९ जनाको मृत्यु

सुदूर आज

नेपालमा बुधबार २०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमित पुष्टि हुनेमा १७९ पुरुष र २२ जना महिला छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १ जना पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एक जना पुरुष, ताप्लेजुङका ३ जना पुरुष, झापाका एक जना पुरुष, पाँचथरका एक जना पुरुष, सुनसरीका ७ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै विरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । सबैजना पर्साका पुरुष हुन् । त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको छ । उनीहरुमध्ये दैलेखका एक जना, सल्यानका २ जना पुरुष छन् । कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये मोरङका २ जना पुरुष, झापाका १ जना पुरुष, तेह्रथुमकी एक जना महिला र सुनसरीको एक जना पुरुष छन् ।

सेती अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये कैलाली गौरीगंगा गाउँपालिका र धनगढी उपमहानगरपालिकाका ३ जना पुरुष र डोटीका २ जना पुरुष छन् । रुपन्देहीमा गरिएको परीक्षणमा ९५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये कपिलबस्तुका ६७ जना छन् । उनीहरु सबै क्वारेन्निमा रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ११ देखि ३७ वर्ष उमेरका १० जना महिला र १ वर्षका बालकदेखि ८० वर्षसम्मका ५७ जना पुरुष छन् । त्यस्तै पाल्पाका २ जना महिला र एक पुरुष छन् भने रुपन्देहीका २६ जना छन् ।

प्रादेशिक जनस्वासथ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १३ जनाको पोजेटिभ देखिएको छ । उनीहरुमध्ये दैलेखका ६ जना पुरुष, कालिकोटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ देखिएको छ । उनीहरु दाङका ५ जना, प्युठानका २ जना र सल्यानका १ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुमध्ये धुनषाका १ जना, कपिलबस्तुका २ जना, काठमाडौका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५ जना, सिन्धुपाल्चोकका १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नेपालमा आजको दिनमा १ लाख ५५ हजार ८६८ जना क्वारेन्टिनमा छन् । जसमा सबैभन्दा धेरै सुदूरपश्चिममा ४९ हजार ८२० जना छन् । त्यस्तै सबैभन्दा कम बागमती प्रदेशमा ३ हजार २२७ जना छन् । त्यस्तै प्रदेश नं. १ मा ३ हजार ८ सय, प्रदेश २ मा २२ हजार ७ सय २ जना, गण्डकीमा ४ हजार, ४ सय ७० जना, प्रदेश ५ मा ४१ हजार ६ सय ८३ जना र कर्णाली प्रदेशमा ३० हजार जना क्वारेनटाइनमा रहेका छन् ।

संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ । डिस्चार्ज हुनेहरुमध्ये प्रदेश नं १ मा ४८ जना, प्रदेश नं २ मा १०९ जना, बागमतीमा ३१ जना, गण्डकीमा ३ जना, प्रदेश नं ५ मा ८० जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना डिस्चार्ज भएका हुन् । यसरी डिस्चार्ज हुनेहरुमा २ सय २२ जना पुरुष र ७८ जना महिलाहरु छन् ।

यसैगरी कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या ९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज ९बुधबारं० थप एक जनाको मृत्यु कोभिडबाट भएको पुष्टि भएको हो। मृत्यु हुनेमा दोलखाका ७६ वर्षका पुरुष छन्। यही जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत उनको जेठ १५ गते कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभ देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएकोमा आज मृत्यु भएको हो।