मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप ३३४ मा कोरोना पुष्टि भएसंगै संक्रमितको सङख्या २६ सय नाघ्यो

नेपालमा थप ३३४ मा कोरोना पुष्टि भएसंगै संक्रमितको सङख्या २६ सय नाघ्यो

सुदूर आज

काठमाडौँ : नेपालमा थप तीन सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या दुई हजार ६ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै तीन सय ३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अहिलेसम्म दुई सय ९० जना कोरोना संक्रमित बिरामी सञ्चो भएर घर फर्किएका छन्।