मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रमुख बाेहराद्वारा वडानम्वर १३ बस्तीको क्वारेन्टाइन निरिक्षण

नगर प्रमुख बाेहराद्वारा वडानम्वर १३ बस्तीको क्वारेन्टाइन निरिक्षण

सुदूर आज

हाेम साउद, अछाम २२ जेठ ।

मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बाेहराले नगरपालिका वडानम्वर १३ मा रहेकाे शिसुसुधार माविमा स्थापना गरिएको क्वारेन्टाइनकाे निरक्षण गर्नुभएको छ । क्वारेन्टाइनकाे निरिक्षण गर्दै नगरप्रमुख बाेहराले भारतबाट अाएर क्वारेन्टाइनमा वसेकाहरुकाे अवस्था र समस्याको बारेमा जानकारी लिनुभएकाे हाे ।

अनुगमनका क्रममा क्वारेन्टाइन बसेकाहरुले अाफु सहज रुपमा क्वारेन्टाइनमा वसिरहेकाे भन्दै खानेपानी र अन्य ब्यवस्थापन प्रभावकारी गरिदिन माग गरेका थिए । नगरप्रमुख बाेहराले क्वारेन्टाइनमा वसेकाहरुकाे अारडिटि र पिसिअार जाँच गरेर रिपोर्ट अाईसकेपछि घर पठाईने प्रतिबद्धता जनाउनुभयाे ।

क्वारेन्टाइनमा कुनै समस्या अाएमा वडा स्तरीय स्वंसेवक कार्यदललाई खबर गर्न अाग्रह गर्दै नगरप्रमुख बाेहराले समस्याको समाधान गर्न नगरपालिका तयार रहेकाे बताउनुभयो। क्वारेन्टाइन बसेकाहरुकाे १४ दिनमा स्वास्थ्य परिक्षण गरेर काेराेना बिरुद्धकाे अभियन्ताका रुपमा ससम्मान घर पठाईने बताउनुभयो । सजग र सतर्क भई क्वारेन्टाइनमा वसेर गाउँ र घरपरिवार सुरक्षित राख्दै काेराेनाबाट जाेगिनुपर्ने सुझाव दिनुभयो ।

अाफु र अाफ्नाे परिवारलाई सुरक्षित राख्नका लागि सबै ब्यक्ति जिम्मेवार बनिदिनअाग्रह समेत गर्नुभयाे । क्वारेन्टाइन निरिक्षणका क्रममा वडानम्वर १३ का अध्यक्ष प्रेमबहादुर थापा, प्रहरी चाैकि मंगलसेनका हवल्दार केशव सिंह महरा, वडा सचिव डण्डिप्रसाद ढुंगाना लगायत सराेकारवालाहरुकाे सहभागीता रहेकाे थियोे ।

नगरप्रमुख बाेहराले यसअघि अन्य विभिन्न वडामा स्थापना गरिएका क्वारेन्टाइनहरुकाे स्थलगत निरिक्षण गर्दै समग्र वस्तुस्थिति बारे जानकारी लिनुभएकाे थियो ।