मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारप्रति नेता महरको आक्रोशः ‘१० अर्वले नपुगेर थप रकम कुम्ल्याउन संकटकाल घोषणा हुदैँछ’

सरकारप्रति नेता महरको आक्रोशः ‘१० अर्वले नपुगेर थप रकम कुम्ल्याउन संकटकाल घोषणा हुदैँछ’

सुदूर आज

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले देशभरका क्वारेन्टीनको अवस्था उदेकलाग्दो रहेको जनाउदैं सरकारको कडा शब्दमा आलोचना गरेका छन् ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा झण्डैँ १० खर्ब खर्च गरेको कुरा र देशभरका क्वारेन्टीनको अवस्थाको तुलना गर्दै सरकारप्रति नेता महरले रोस प्रकट गरेका हुन् ।

साथै नेता महरले अझैं थप रकम कुम्ल्याउन सरकारले स्वास्थ्य संकट कालको घोषणा गर्न लागेको आशंका समेत व्यक्त गरेका छन् ।

यतिले नपुगेर आफ्नो अयोग्यता ढाक्न जंगीबुट सडकमा उतारेर लोकतन्त्रको धड्कन बढाउने प्रयासमा पनि सरकार लागेको हुनसक्ने आशंका नेता महरले व्यक्त गरे ।

सरकारका यस्ता प्रयासहरुलाई निस्तेज र असफल पार्न जनताको पहरेदारी जरुरी रहेको उनको भनाई छ ।