मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप एक जनामा कोरोना पुष्टी

अछाममा थप एक जनामा कोरोना पुष्टी

सुदूर आज

अछाम : अछाममा थप एक जनाको कोरोना भाईरसको संक्रमण देखिएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणका क्रममा अछामका एक जनामा संक्रमण देखिएको हो ।

जिल्लाको साँफेवगरका २९ बर्षीय पुरुषमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए । यो संगै अछाममा कोरोना संक्रमित हुनेको संख्या १२ पुगेको छ । यसअघि चौरपाटीमा २, मेल्लेखमा १० र मंगलसेनमा १ जनामा संक्रमण देखिएको थियो ।

यस्तै भारतबाट आएका अछाम मेल्लेख घर भएर धनगढीमा रहेको बाबुछोरीमा पनि कोरोना संक्रमणको पुष्टी भएको थियो । अछामका एक सहित सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८६ पुगेको हो ।

सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ । एक जना संक्रमितको मृत्यु भईसकेको छ । संक्रमित मध्ये ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्।

सबैभन्दा बढि कैलालीका ३९ जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, बझाङमा दुई, डडेल्धुरा र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।