काठमाडौँ- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण शुक्रबार बिहानैदेखि देशका अधिकांश भुभागमा वर्षा भएको छ । प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
महाशाखाका अनुसार आज देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइराखेको छ । यो क्रम अझै तीन दिनसम्म जारी रहने चल्ने मौसमविद्हरुले बताएका छन् । महाशाखाले जारी गरेको बुलेटिन अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
जेठ २३ गते (शुक्रबार)
दिउँसोः प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश ५, सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति: प्रदेश २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भू-भाग का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भू-भाग मा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ २४ गते (शनिबार)
दिउँसोः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ आंशिक बदली रही सु.प. प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,२, र बागमती प्रदेश मा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , कर्णाली प्रदेश र प्रदेश ५ मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। राति: प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जेठ २५ गते (आइतबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया