मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता ढुंगानाले भने एमसिसीका बिषयमा थोत्रा गफ दिन बन्द गरौँ

कांग्रेस नेता ढुंगानाले भने एमसिसीका बिषयमा थोत्रा गफ दिन बन्द गरौँ


‘चाईना र भारतसंग बिआरआई, बिपा गर्न हुने अमेरिका संग एमसिसी गर्दा के बिग्रयो’

अछाम ।

नेपाली कांग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाले एमसिसीका बिषयमा थोत्रा गफ गर्न बन्द गर्न सुझाएका छन् । कांग्रेस युवा नेता ढुंगानाले कि त सडक पेटीमा कचौरा थाप्न नै बन्द गरौँ होईन भने थोत्रा गफ दिन बन्द गरौँ भनेका छन ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता ढुंगानाले चाईना संग बिआरआई र भारतसंग बिपा गर्न हुने अमेरिका संग एमसिसी गर्न किन नहुने भनि प्रश्न गरेका छन् ।

अमेरिका संग एमसिसी गर्दा के बिग्रीयो भन्ने नेता ढुंगानाको धारणा छ । नागरिकका बिषयमा तथा देशभक्तका सवालमा हरेक समय नेता ढुंगानाले आवाज उठाउदैँ खबरिदारी गर्दै आईरहेका छन् ।