मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा ५ दिन स्वाब संकलन नगरिने

सुदूरपश्चिममा ५ दिन स्वाब संकलन नगरिने

सुदूर आज

काठमाडौं- शंकास्पद बिरामीकाे संख्या बढेपछि सुदूरपश्चिम प्रदेशमा अब ५ दिनसम्म कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन नगरिने भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले स्वास्थ्य मन्त्रालयलगायत सबै निकायलाई पत्राचार गर्दै कोरोना परीक्षणका लागि नमुना संकलन नगर्न आग्रह गरेको छ।

निर्देशनालयका निर्देशक गुणराज अवस्थीले सुदूरपश्चिममा अहिले १ हजार ८३ जनाको स्वाब संकलन भएर परीक्षणका लागि राखिएको बताए।

निर्देशनालयको प्रयोगशालामा दैनिक २ सय ५० वटा मात्र नमुना परीक्षण गर्न सकिन्छ। संकलित स्वाब परीक्षण गर्न ५ दिन लाग्ने भएकाले थप संकलन नगर्न आग्रह गरिएको हो।

धेरै दिनसम्म स्बाव संकलन गरेर राख्दा त्यसले सही नतिजा दिन नसक्ने चिकित्सक बताउँछन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सुदूरपश्चिममा ५८ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा छन् ।
नेपालमा हालसम्म २० वटा प्रयोगशालामा दैनिक ३ हजार हाराहारीमा पीसीआर परीक्षण हुँदै आएको नेपाल समयमा खबर छ।