मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा आईश्वलेशन क्षेत्र सिल, जिल्ला अस्पतालका चार सिमानामा आवातजावत निषेध

अछाममा आईश्वलेशन क्षेत्र सिल, जिल्ला अस्पतालका चार सिमानामा आवातजावत निषेध

सुदूर आज

पूर्ण बहादुर खड्का, अछाम ।

अछामको जिल्ला अस्पताल चार क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासनले एक सुचना जारी गर्दै अस्पतालको एरियाका चार क्षेत्र सिमाना कायम गरेर सिल गरिएको हो ।

कोरोना संक्रमितहरुलाई अस्पतलाको आईश्वलेन वार्डमा राखेर उपचार भईरहेको भन्दै अस्पताल क्षेत्र सिल गरिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडलले बताए ।

जिल्ला भित्रमा पनि १२ जनामा संक्रमण देखिएको र बिरामीलाई ल्याउने र पठाउने क्रम चलिरहने हुदाँ संक्रमण समुदाय स्तरमा फैलिन नदिन पूर्वमा बुढा खोला, पश्चिममा मध्यपहाडी राजमार्गसंग जोडिएको मष्टाको मन्दिरको बाटो र त्यस आसपासको क्षेत्र, उत्तरमा स्वास्थ्य कार्यालय अछामको पर्खाल सम्म र दक्षिणमा मध्यपहाडी राजमार्ग संगैको रेडक्रस भवनसम्म सिल गरि आवागमन निशेष गरिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण कार्यलाई व्यवस्थित पार्न उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अछामद्धारा जारी सुचनामा भनिएको छ ।

संकटको यस घडिमा सबै पक्षबाट आवश्यक सहयोगको लागि जिल्ला प्रशासन कार्यालय अछामले अपिल समेत गरेको छ ।