मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफेबगरमा पोजेटिभ देखिएका युवकसंगै रहेका २१ जनाको परिक्षणका लागि स्वाब संकलन गरियो

साफेबगरमा पोजेटिभ देखिएका युवकसंगै रहेका २१ जनाको परिक्षणका लागि स्वाब संकलन गरियो

सुदूर आज

अछाम ।

अछामको साफेबगर नगरपालिका वडा नम्बर ४ बाट २१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको छ । साँफेबगरको मष्टामाण्डौँमा कोरोना पोजेटिभ देखिएका यूवकसंगै बसेको अन्य २१ जनाको स्वाब पनि पिसिआर परिक्षणको लागि पठाईएको हो ।

वडा नम्बर ४ को जनकल्याण माबीको क्वारेन्टाईनमा बसेका ति युवकमा शुक्रबार कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको थियो ।

संक्रमण फैलिन नदिन र थप सर्तकता अपनाउन कोरोना पुष्टि भएसङ्गै क्वारेन्टाईन बसेकाको स्वाव संकलन गरिएको बताइएको छ ।

यस्तै देवीस्थानमा शनिबार थप २१ जनालाई क्वारेन्टाईनमा राखिएको छ । यो सँगै देवीस्थानको क्वारेन्टाईनमा बस्नेको संख्या १४८ पुगेको छ ।

देवीस्थानमा क्वारेन्टाईनमा बसेका ३४ जनाको आरडिटी परिक्षण गरिएकोमा ६ जनामा पोजेटीभ देखिएको थियो । उनिहरुको शुक्रबार स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि पठाउने भनिएपनि अछाममा शुक्रबार अबिरल बर्षा हुदाँ स्वाव संकलन गर्न नसकिएको वडा अध्यक्ष गणेश खड्काले जानकारी दिए ।