मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेनाको सङ्क्रमण ६८ जिल्लामा पुग्याे, प्रदेश २ र ५ अति प्रभावित

काेराेनाको सङ्क्रमण ६८ जिल्लामा पुग्याे, प्रदेश २ र ५ अति प्रभावित

सुदूर आज

काठमाण्डाै – शुक्रबार गाेरखा र कास्कीमा काेराेना भाइरस सङ्क्रमित भेटिएसँगै नेपालका ६८ जिल्ला यसबाट प्रभावित भएका छन् । 

अहिलेसम्म प्रदेश नम्बर १ को १२ जिल्लाका दुई सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश २ को आठ जिल्लाका नाै सय ९३ जना, वाग्मती प्रदेशको १२ जिल्लाका ८५ जना, गण्डकी प्रदेशको गोरखा र कास्कीसहित ९ जिल्लाका ५७ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।

प्रदेश नम्बर ५ को ११ जिल्लाका नाै सय ६५ जना, कर्णाली प्रदेशको सात जिल्लाका चार सय ७९ जना र सूदुपश्चिमका सबै जिल्लामा गरी ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार आठ महिने बालकसहित थप दुई सय ७८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितकाे सङ्ख्या दुई हजार नाै सय १२ पुगेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले बताउनुभयाे । 

शुक्रबार पनि डिस्चार्ज हुनेकाे सङ्ख्या थपिएकाे छ । पछिल्लाे २४ घण्टामा ४३ जना काेराेनामुक्त भएर घर फर्किएका छन् । याेसँगै सङ्क्रमणलाई जितेर घर फिर्नेकाे सङ्ख्या तीन सय ३३ पुगेकाे छ । 

त्यस्तै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुगेकाे छ । सुर्खेतकाे पञ्चपुरी गाउँपालिकाका १ का २८ वर्षीय युवककाे काेराेना सङ्क्रमणबाट ज्यान गएकाे पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।  

पछिल्लो २४ घण्टामा चार हजार चार सय ३२ जनाकाे पीसीआर प्रविधि र सात हजार चार सय दुई जनाको आरडीटी विधिबाट परीक्षण भएको छ । अहिलेसम्म ८८ हजार तीन सय ६६ जनाकाे पीसीआर परीक्षण भएको छ भने एक लाख २९ हजार नाै सय ६६ जनाकाे आरडीटी परीक्षण भएको छ ।

देशभर एक लाख ६६ हजार सात सय ६५ जना क्वरेण्टीनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा चार हजार ५९ जना, प्रदेश २ मा २१ हजार चीन सय ६३ जना, गण्डकी प्रदेशमा तीन हजार पाँच सय ७७ जना र गण्डकी प्रदेशमा पाँच हजार चार सय ४२ जना क्वरेण्टीनमा रहेका छन् । त्यस्तै प्रदेश ५ मा ४० हजार एक सय ४६ जना, कर्णाली प्रदेशमा ३१ हजार नाै सय ५२ जना र सुदूरपश्चिम प्रदेशमा ६० हजार दुई सय २६ जना क्वरेण्टीनमा रहेका छन् ।

यस्तै प्रदेश १ मा एक सय ६६, प्रदेश २ मा आठ सय ७१, वाग्मती प्रदेशमा ५०, गण्डकी प्रदेशमा ५४, प्रदेश ५ मा आठ सय ६९, कर्णाली प्रदेशमा चार सय ७५ र सुदूरपश्चिम प्रदेशमा ८३ जना गरी कुल दुई हजार पाँच सय ६८ जना आइसोलेशनमा रहेका छन् ।