मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट विश्वभर ४ लाखभन्दा बढीको मृत्यु, भारत बन्यो पाँचौं प्रभावित देश

कोरोनाबाट विश्वभर ४ लाखभन्दा बढीको मृत्यु, भारत बन्यो पाँचौं प्रभावित देश


कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण ज्यान गुमाउनेको संख्या विश्वभर चार लाख नाघेको छ। आज (आइतबार) बिहानसम्मको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट चार लाख एक हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन्।

यसैगरी संक्रमितको संख्या ६९ लाख ६६ हजार ४९० पुगेको छ। ३४ लाख ११ हजार संक्रमणमुक्त भएका छन्। कुल संक्रमणमध्ये करिब ३१ लाख ५८ हजार एक्टिभ केस रहेकोमा ५३ हजार ५८६ जना गम्भीर बिरामी छन्।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा एक लाख १२ हजारभन्दा धेरैको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा नै त्यहाँ ७०६ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी गएको २४ घण्टामा विश्वभर एक लाख २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

छिमेकी देश भारतमा शनिबार १० हजारभन्दा धेरैमा संक्रमण देखिएको छ। हिजो शनिबार भारतमा थप २९७ जनाले ज्यान गुमाएका छन्। संक्रमणको मामिलामा भारतले इटाली र

स्पेनलाई पनि उछिनेको छ। कोरोनाबाट अत्यधिक प्रभावित देशको सूचीमा भारत पाँचौं स्थानमा पुगिसकेको छ। अहिलेसम्म त्यहाँ संक्रमणबाट ६ हजार ९४६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या अढाइ लाख नजिक पुगेको नेपाल समयमा खबर छ।