मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट सुरक्षित हुन स्वच्छ खाना खाऔँ – प्रधानमन्त्री

कोरोनाबाट सुरक्षित हुन स्वच्छ खाना खाऔँ – प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमबाट सुरक्षित हुनका लागि सबैलाई सन्तुलित, पोसिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न अपिल गरेका छन् ।

दोस्रो खाद्य स्वच्छता दिवसको शुभकामना दिँदै उनले भनेका छन्–नागरिकको खाद्य अधिकार र स्वास्थ्यको सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु ।

पछिल्लोपटक फैलिएको कोभिड–१९ को विश्वव्यापी महामारीको जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्यवस्तु र औषधिजन्य वनस्पतिको प्रयोगमा जोड दिन मैले आग्रह गर्ने गरेको छु ।”