पवित्रा खड्का, अछाम ।
नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामले अनलाईन फोटो प्रतियोगताको आयोजना गरेको छ । जिल्ला शाखा अछामले लकडाउनको समयमा आफ्नो आधिकारिक फेसबुक पेज मार्फत अनलाईन फोटो प्रतियोगिता २०७७ को आयोजना गरेको हो ।
असार ५ गते सम्म समायावधि राखेर फोटो प्रतियोगतामा सहभागी हुन आब्हान गरिएको नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा शाखा अध्यक्ष धिरज कुवँरले बताए । अध्यक्ष कुवँरका अनुसार कोरोना भाईरसले गर्दा भएको लकडाउन बिशेष पारेर देशको सामाजिक, धार्मिक तथा पर्यटकिय क्षेत्र झल्कीने फोटो प्रतियोगितामा सहभागी गराउन सकिने छ ।
फोटो क्षेत्रमा बिशेष रुची राख्ने सृजनशिल नेपाली नागरिकलाई हौसल्ला प्रदान होस भनेर फाटो प्रतियोगिता आयोजना गरिएको महासंघ अछाम शाखाका महासचिव पूर्ण बहादुर खड्काले बताए । एफएपिजे अछाम फेसबुक पेजको ब्यानरमा प्रतिष्पर्धा गराईने फोटो प्रतियोगितामा सबैभन्दा बढी लाईक र शेयरलाई आधार मानेर फोटोको मुल्यांकन गरिने महासचिव खड्काको भनाई छ ।
खेमाज मल्टी बिजनेश अछामको प्रायोजन तथा नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश तथा केन्द्रको सहयोगमा गरिने फोटो प्रतियोगितामा सामाजिक सद्भाव तथा व्यक्तीगत आँच नआउने फोटो मात्र प्रतियोगितामा सहभागी गराईने महासंघ अछामले जनाएको छ ।
प्रविधिको सदुपयोग गरेर आयोजना गरिएको फोटो प्रतियोगता गर्ने कार्य उत्कृष्ट भएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीले प्रतियोगिता सफल पार्न महासंघको सहयोग रहने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने फोटोहरुलाई क्रमश ७ हजार, ४ हजार, २ हजार र १ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने प्रायोजक खेमाज मल्टीबिजनेशका प्रबन्धक खेमराज ढुंगानाले बताए ।
असार ५ गते बेलुकी ६ बजे प्रतियोगिताको नतिजा घोषणा बारे फेसबुक पेज मार्फत जानकारी गराईनेछ भने अन्तिम नतिजा पनि फेसबुक पेजमा घोषणा एवंम प्रतियोगिताको मिडिया पार्टनर रहेको सुदुरआज डटकममा फोटो सहितको समाचार समेत प्रकाशन गरिने छ ।
प्रतिक्रिया