मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमसीसी र संविधान संशोधनका बिषयमा छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

एमसीसी र संविधान संशोधनका बिषयमा छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक


काठमाठौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नक्साका विषयमा संविधान संशोधनसँगै अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पनि अगाडि बढाउने तयारी गरेका छन्।

एमसीसी पारित गराउने विषयमा नेकपाले भोलि सचिवालय बैठक बोलाएको छ। भोलि दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा सचिवालय बैठक बोलाइएको छ।

प्रधानमन्त्री ओली तत्कालै एमसीसी पारित गराउने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड पार्टीका एमसीसी अध्ययन समितिले दिएको सुझावअनुसार अगाडि बढाउने पक्षमा छन्।

नेकपा स्रोतका अनुसार संसदमा रहेको नक्सा सम्बन्धि संविधान संशोधन पनि अगाडि बढाउने तयारी भएको छ। दुबै कुरा एकैसाथ पारित भए सरकारको विरोध मथ्थर हुने नेकपा नेताहरुको बुझाइ छ।