मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालापानी र सुस्ता क्षेत्र बजेटमा नअट्नु विडम्बना हो : नेकपा नेता डा. रावल

कालापानी र सुस्ता क्षेत्र बजेटमा नअट्नु विडम्बना हो : नेकपा नेता डा. रावल


काठमाडौँ । सत्तारुढ नेकपाका नेता भीम रावलले सरकारले ल्याएको बजेट संविधानको लक्ष्य र नेकपाको नीतिविपरीत रहेको बताएका छन् । विभिन्‍न मन्त्रालयमाथि विनियोजित बजेटमाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै रावलले बजेटले संविधान र सत्तारुढ नेकपाले चुनावका क्रममा गरेका बाचा बिर्सिएको बताएका हुन् ।

यो बजेट संविधानले लिएको समाजवादउन्मुख नीति, राज्यका लोककल्याणकारी सिद्धान्त र नेकपाका चुनावी घोषणापत्र तथा नीतिको विपरीत छ,रावलले भने । उनले बजेट कार्यान्वयनमा समस्या देखिने र त्यस क्रममा सरकार सचेत हुनुपर्ने सुझाव दिएका छन् ।

रावलले भने, समाजवादमा जाने संविधानको बाटोमा जानुपर्नेमा बजेटले नवउदारवादमा जान खोजेको हो कि भन्ने देखाएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, ऊर्जा, समाज कल्याणका क्षेत्रमा बजेटमा लिइएका नीतिले सही दिशा नलिएको उनको भनाइ थियो ।

विदेशी सहायतामाथिको निर्भरता क्रमशः हटाउँदै लैजाने र विदेशी सहायता नचाहिने गरी अर्थतन्त्रको विकास गरिने सत्तारुढ नेकपाको घोषणापत्रको नीति बजेटले अवलम्बन नगरेको पाइयो उनले भने ।रावलले एमसीसीका योजना बजेटमा राखेकोमा पनि आपत्ति जनाएका छन् । उनले भने, नेपालको राष्ट्रिय हित, स्वाधिनता र अस्मितामा आँच पुर्‍याउन सक्ने भनि व्यापक रूपमा जनता, राजनीतिक दलका नेता र बुद्धिजीवीबाट आलोचित एमसीसीको सम्झौता संसद्‌बाट अनुमोदन नहुँदै बजेटमा समाजेश गर्नेजस्तो गैरजिम्मेदार कार्य गरिएको छ ।उनले यस विषयमा सरकारले अनुचित कार्य गरेको बताए ।

बजेटमा भारतीय अतिक्रमणमा परेका भूमिमा नेपालले आफ्ना संरचना निर्माण गर्नका लागि कुनै पनि बजेट तथा कार्यक्रम विनियोजन नगरिएको रावलको भनाइ थियो । उनले सरकारले राष्ट्रिय सुरक्षाका लागि सरकारले बजेट विनियोजन नगरेको बताए । बजेटमा राष्ट्रिय सुरक्षा प्रवर्द्धन गर्ने कार्यक्रम देखेन । भारतबाट अतिक्रमणमा परेका कालापानी क्षेत्र र सुस्तामा सडक निर्माणलगायतका संरचना निर्माणका लागि बजेटमा योजना नआउनु विडम्बना नै हो रावलले भने ।