मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय समिति बैठक साेमबार बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक साेमबार बस्ने


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार बस्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले डोकेको बैठकको मुख्य एजेन्डा कोरोना भाइरस महामारीका कारण नेपाली जनताले भोग्नुपरेका समस्या, संक्रमण जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सरकारको कार्यशैलीलगायत छन्।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको उल्लेख छ।