मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटबारे मन्त्रीहरुले आज संसदमा जवाफ दिने

बजेटबारे मन्त्रीहरुले आज संसदमा जवाफ दिने

सुदूर आज

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल भइरहेको छ।

१८ जेठदेखि सांसदहरुले मन्त्रालयगत रुपमा बजेटबारे छलफल गरेका छन्। लगातार तीन दिन विषयगत बजेटमाथि सांसदहरुले छलफल गरेका थिए। आज भने सांसदहरुले बजेटबारे उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने कार्यसूची छ।

संसदको सम्भावित कार्यसूचीअनुसार सबै मन्त्रीले सांसदहरुलाई जवाफ दिनेछन्। यसपछि विनियोजन विधेयकमा खर्च कटौती गरियोस् भनी २६ जना सांसदले राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

विपक्षी दलका सांसदहरुले राखेको प्रस्ताव निणयार्थ प्रस्तुत गरेपछि अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।