मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो


काठमाडौँ, २६ जेठ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७० लाख नाघेको छ । वल्र्डवमिटरका अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ७० लाख ८५ हजार ७०० पुगेको हो ।

त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ४ लाख ५ हजार २६९भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय अमेरिका, ब्राजिल भारत लगायत लेटिन अमेरिकी देशहरुमा कोरोना तीब्र रुपमा फैलिएको छ ।

निको भएर फर्किनेको संख्या ३४ लाख ५९ हजारभन्दा बढी रहेको छ । ३२ लाख २० हजार संक्रमितको अवस्था माइल्ड प्रकृतिको रहेको छ । ५३ हजार ७५२ भन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।