मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको एउटै राज्यमा चीनमा भन्दा बढी कोरोना संक्रमित

भारतको एउटै राज्यमा चीनमा भन्दा बढी कोरोना संक्रमित


भारतको महाराष्ट्रमा चीनमा भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

त्यहाँ अहिलेसम्म ८५ हजार ९७५ जनामा कोरोना संक्रमण देखिएको छ, जबकी चीनमा संक्रमितको कुल संख्या ८४ हजार १९१ छ।

महाराष्ट्रको राजधानीमा मुम्बईमा मात्र ४८ हजार ७७४ जनामा संक्रमण देखिइसकेको छ।

चीनमा कोरोना भाइरसबाट ४ हजार ६३८ जनाको मृत्यु भएको छ। त्यहाँ पछिल्लो महिना कोरोनाबाट कसैको मृत्यु भएको छैन भने फाट्टफुट्टमात्रै नयाँ संक्रमित फेला परिरहेका छन्।

भारतमा भने दैनिक ५ हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् भने सयौंको मृत्यु हुने गरेका छन्। ७ हजारको मृत्यु भइसकेको छ।