मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२१ हप्ताकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

२१ हप्ताकी गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार


पूर्ण बहादुर खड्का, अछाम ।

अछाममा एक गर्भवती महिलाको उद्धार गरिएको छ । गर्भवती भएको २१ हप्ता पुगेकी जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. ५ की २५ बर्षिया निर्मला खड्काको उद्धार गरिएको हो ।

उनको पेटेमा ४ दिन देखि आन्द्रा नचल्ने भएपछि थप उपचारका लागि हेलीकप्टर मार्फत उद्धार गरिएको बयालपाटा अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा समस्या भएपछि आफन्तले खड्कालाई बयालपाटा अस्पतालमा पुर्याएका थिए ।

उनको आन्द्रा नचल्ने भएपछि जटिल खाले अप्रेसन गर्नुपर्ने भन्दै थप उपचारका लागि रेफर गरिएको बयालपाटा अस्पतालका सहायक मेकिल निर्देशक डाक्टर पवन अग्रवालले बताए ।

उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज पठाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

यस्तै अस्पतालको गेटमै पेट्रोल छर्किएर आफैंलाई आ’गो लगाएका अस्पतालका कर्मचारी सिदार्थ आउजिलै समेत यहाँ प्राथमिक उपचार पश्चात थप उपचारका लागि हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेज लागिएको छ।