मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप एक कार्यकालका लागि बिष्ट नै क्याम्पस प्रमुखमा न्यूक्त, प्राबिधिक शिक्षामा ध्यान केन्द्रित हुने प्रतिबद्धता

थप एक कार्यकालका लागि बिष्ट नै क्याम्पस प्रमुखमा न्यूक्त, प्राबिधिक शिक्षामा ध्यान केन्द्रित हुने प्रतिबद्धता


पूर्ण बहादुर खड्का, अछाम ।

अछाम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा पुनः एक कार्यकालका लागि हालका क्याम्पस प्रमुख छत्र बिष्ट नै चयन भएका छन् । बिष्ट पुन ४ बर्षे कार्यकालका लागि क्याम्पस प्रमुखमा न्यूक्त भएका हुन् ।

क्याम्पस संचालक समितीको सोमबार बसको बैठकले बिष्टलाई नै आगामी एक कार्यकालका लागि क्याम्पस प्रमुखको जिम्मेवारी दिएको संचालक समितीका उपाध्यक्ष यज्ञराज ढुंगानाले बताए ।

क्याम्पस संचालक समितिका अध्यक्ष मंगलसेन नगरपालिकाका प्रमुख समेत रहेका पदम बोहराको अध्यक्षमा बसेको बैठकले प्रमुख बिष्टको जेठ २७ गते पदावधि सकिनै लाग्दा संचालक समितिको बैठक बसेर थप एक कार्यकालको जिम्मेवारी बिष्टलाई नै दिने निर्णय गरेको हो । बिष्ट २०७४ जेठ २७ गते पहिलो पटक क्याम्पस प्रमुखमा नियुक्त भएका थिए।

बैठकले क्याम्पसको स्तरबृद्धि र छात्रबासको लागि प्रदेश सरकार अन्र्तगत सामाजिक तथा अर्थमन्त्रालय संग योजना माग गर्ने लगायतका निर्णय पनि गरेको छ । पुनः क्याम्पस प्रमुख न्यूक्त भएपछि सुदुर आजसंग कुरा गर्दै क्याम्पस प्रमुख छत्र बिष्टले अछाम बहुमुखी क्याम्पसलाई गुणस्तर बृद्धिका लागि गुणस्तर प्रत्यायन क्युए मान्यता प्राप्त कलेजको रुपमा विकास गर्न प्रक्रिया अघि बढाईने बताए ।

क्याम्सपलाई प्राधिबिक शिक्षालयका रुपमा विकसित गर्न प्राबिधिक धार तर्फका बिषयहरुको सम्बन्धन लिने, बिएस्सी एजी पठनपाठन गराउन तर्फ आफ्नो ध्यान केन्द्रित हुने क्याम्पस प्रमुख बिष्टको भनाई छ । साथै उनले अहिले चलिरहेका नियमित कार्यक्रमहरु संगै क्याम्पसमा कम्प्युटर ल्याब, आधुनिक पुस्तकालय पनि निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।