मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ३,७६२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३,७६२ पुग्यो

सुदूर आज

आज (सोमबार) नेपालमा कोरोना भाइरसका ३१४ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ३१४ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको कुल संख्या ३ हजार ७६२ पुगेको छ। यीमध्ये १४ जनाको मृत्यु भएको छ भने ४८८ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म देशभर पीसीआर विधिबाट १ लाख ९७१ जनाको कोरोना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ५६ हजार ९९१ जनाको परीक्षण भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा १ लाख ७० हजार ७३२ जना छन्। त्यसैगरी विभिन्न अस्पतालका आइसोलेसनमा ३ हजार २६० जना छन्।