मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भएको दुखद् घटनाको नेकपाका प्रभावशाली नेता डा. रावलद्धारा दुख व्यक्त

अछाममा भएको दुखद् घटनाको नेकपाका प्रभावशाली नेता डा. रावलद्धारा दुख व्यक्त


अछाम

बयालपाटा अस्पतालमा भएको दुखद् घटनाको नेकपाका प्रभावशाली नेता डा. भीम रावलले दुख व्यक्त गर्नु भएको छ । रावलले प्रेस वक्तव्य जारी गर्दै मृतक आउजी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको हो ।

बयालपाटा अस्पतालमा डेढ वर्ष देखि सरसफाईको काम गर्दै आउनु भएका सिद्धार्थ आउजी लगायत केही अन्य कर्मचारीलाई अस्पताल प्रशासनले अवकाश दिन थालेको भन्ने कुरा थाहा पाउना साथ झण्डै एक महिना अगाडि आफुले कोरोना माहामारीको संकटको समयमा त्यसो नगर्न अस्पताल प्रशासनलाई विशेष आग्रह गरेको नेता डा. रावलको व्यक्तव्यमा उल्लेख छ ।

आग्रह पश्चात पनि प्रक्रिया अगाडि बढाईयो भन्ने सुनिएपछि करिव दुई हप्ता अघि आफुले संस्थाका जिम्मेवार व्यक्तिहरुलाई अहिलेको विषम परिस्थितिमा कर्मचारीहरुलाई अवकाश नदिन र रकमको समस्या भए नेपाल सरकार तथा स्थानीय तहसंग कुरा गरेर समाधान खोज्न आग्रह गर्नका साथै आफ्नो तर्फबाट सहयोग हुने कुरा बताएको नेकपा स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री एवंम अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य रहेका नेता डा. रावलद्धारा जारी प्रेस व्यक्तमा उल्लेख छ ।

आर्थिक स्थिति कमजोर भएका सिद्धार्थका श्रीमती गौरी आउजी र ६ वर्षको छोरा र १० महिनाकी छोरी छन् । उहाँहरुलाई तुरुन्त राहत उपलब्ध गराइनु पर्छ र श्रीमती गौरी आउजीलाई रोजगारीको व्यवस्था गरिनुपर्छ डा. रावलद्धारा जारी व्यक्तव्यमा छ । यस्ता घटनाहरु आगामी दिनमा घट्ने वातावरण नबनोस् भन्ने तर्फ सचेत रहन सम्बन्धित सबैलाई नेता रावलले आग्रह गरेका छन् ।

न्याय हेल्थ नेपालद्वारा संचालित बयालपाटा अस्पतालमा कार्यरत साँफेबगर नगरपालिका वडा नम्बर ६ भाग्यश्वरका २७ वर्षिय सिद्धार्थ आउजीले सोमवार विहान बयलपाटा अस्पताल परिसरमा पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए । आगो लगाएका सिद्धार्थलाई थप उपचारको लागि कोहलपुर लगिएकोमा उतै निधन भएको थियो ।