मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ४,०८५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४,०८५ पुग्यो


नेपालमा कोरोना भाइरसका ३२३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ३२३ जनामा कोरोना पुष्टि भएको हो।

जसमा २९२ जना पुरुष र ३१ जना महिला छन्। योसँगै कोरोना संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ। यीमध्ये २८७ जना महिला छन् भने बाँकी पुरुष।

हालसम्म १५ जनाको मृत्यु भएको छ भने ५८४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म देशभर पीसीआर विधिबाट १ लाख ६ हजार ३३१ जनाको कोरोना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ६६ हजार १५८ जनाको परीक्षण भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा १ लाख ६५ हजार ७७५ जना छन्। त्यसैगरी विभिन्न अस्पतालका आइसोलेसनमा ३ हजार ४८७ जना छन्।

हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।