मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट पठाईएको पीसीआर परिक्षणको रिपोर्ट आउन ढिलाई

अछामबाट पठाईएको पीसीआर परिक्षणको रिपोर्ट आउन ढिलाई


अछाम ।

अछाम जिल्लाबाट कोरोना परिक्षणका लागी स्वाब संकलन गरेर धनगढी भएको १० दिन भईसक्द पनी रिर्पाेट आउन सकेको छैन । बान्नीगढी जयगढ गाउँपालिकाका १०, मेल्लेख गाउँपालिकाका ९९ जना र चौरपाटी गाउँपालिकाका ६४ जनाको स्वाब परीक्षणकै लागि प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो । स्वाब सङ्कलन गरेको १० दिन पुग्नै लाग्दा समेत रिपोर्ट आएको छैन ।

सङ्कलन गरेर जेठ १८ गतेबाट २४ गतेसम्म धनगढीमा पीसीआर परीक्षणका लागि पठाइएका २६६ थ्रोट स्वाबको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका मेल्लेख गाउँपालिकाका ९९ जना र चौरपाटी गाउँपालिकाका ६४ जना, ढकारी, बान्नीगढी जयगढ गाउँपालिकाका दश ,दश जना, साँफेबगर नगरपालिकाका २७ जना, तुर्माखाँद गाउँपालिकाका १३ जना, पञ्चदेवल विनायक नगरपालिकाका चार जना, कमलबजार नगरपालिकाका एक जना र अछाम जिल्ला अस्पतालका ३८ जनाको स्वाबको रिपोर्ट आएको छैन ।

थ्रोट स्वाब सङ्कलन गरेर पठाएको १० दिन पुग्नलाग्दा क्वारेन्टाइन अवधि पूरा गरेर पनि घर जान पाएका छैनन् । ९९ जनाको स्वाब सङ्कलन गरिएको वडा रहेको मेल्लेख गाउँपालिका–४ कुष्कोटका अध्यक्ष वीरबहादुर साउँदको भनाइ छ ।थ्रोट स्वाबको रिपोर्ट समयमै नआउँदा स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापनमा समेत सकस झेलिरहेका छन् । रिपोर्टको पर्खाइमा रहेका व्यक्ति क्वारेन्टाइनकै बास बस्न बाध्य छन् ।

अछाममा हालसम्म ७४१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएकोमा ४७६ जनाको रिपोर्ट आइसकेको छ । अछाममै स्वाब सङ्कलन गरेर पठाएकोमा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिका–४ मा आठ जना, मङ्गलसेन नगरपालिकामा दुई जना, चौरपाटीगाउँपालिकामा तीन जना, साँफेबगर नगरपालिकामा एक जनामा हालसम्म कोरोना पुष्टि भएको छ ।

भारतबाट घर फर्किने क्रममा मेल्लेख गाउँपालिकाका बुवाछोरीमा धनगढीमै कोरोना पुष्टि भएको थियो ।बन्दाबन्दी (लकडाउन) अवधिमा अछाममा १२ हजार पाँच सयभन्दा बढी मानिस भित्रिएका छन् ।