मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या ७३ लाख ११ हजार नाघ्यो

कोरोना संक्रमितको संख्या ७३ लाख ११ हजार नाघ्यो


कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या चार लाख १३ हजार नाघेको छ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ८ हजार पुगेको छ। 

यस्तै ७३ लाख ११ हजार ५ सय १० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ३५ लाख ९४ हजार ७ सय ३० जना निको भइसकेका छन्। 

झण्डै ३६ लाख कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५४ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ। विश्वभर कोरोना भाइरसका कारण त्रासको अवस्था रहेको छ।

केही देशले आफु कोरोना मुक्त भइसकेको समेत घोषणा गरिसकेका छन् । तर, लेटिन अमेरिका, दक्षिण एसिया, अमेरिकामा भने यो भाइरसका कारण अस्तव्यस्तको अवस्था रहेको छ ।