मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनको नयाँ स्वरूपबारे आज निर्णय हुने

लकडाउनको नयाँ स्वरूपबारे आज निर्णय हुने


मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीको सम्बोधन

काठमाडौ।  लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे निर्णय गर्न आज (बुधबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। एक मन्त्रीका अनुसार आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्नेछ। बैठक दिउँसो २ बजे बस्नेछ।

त्यसअघि आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत चैत ११ गतेदेखि लकडाउन लागू गरेकाे सरकारले पछिल्लोपटक थपेकाे अवधि यही जेठ ३२ गते सकिँदै छ।

लकडाउन लम्बिँदै गएपछि व्यवसायी तथा सर्वसाधारणले उल्लंघन गर्ने क्रम बढिरहेको छ। काठमाडौं उपत्यकामा पसल खोल्ने विषयमा दैनिकजसो व्यापारी र प्रहरीबीच विवाद हुने गरेको छ।

आजको  मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्ताे बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने ती मन्त्रीले जानकारी दिएका छन्।