मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टाइनमै छाेरी जन्माईन रुबिनाले

क्वारेन्टाइनमै छाेरी जन्माईन रुबिनाले


हाेम साउद, अछाम ।

जिल्लाको मंगलसेन नगरपालिका वडानम्वर १ काे कुन्ति मावि क्वारेन्टाइनमा एक महिलाले बच्चा जन्माएकि छन । १४ गते भारतबाट अायर क्वारेन्टाइन बसेकि २७ वर्षिय रुबिना थापाले बुधबार मध्यान्ह छाेरिलाई जन्म दिएकि हुन ।

थापालाई क्वारेन्टाइनकाे छुट्टै काेठामा स्वास्थ्य चाैकि कुन्तिवण्डालिका अनमि कल्पना भण्डारी र जमुना खातिले सुरक्षित रुपमा प्रसुति गराउनुभएकाे थियाे । स्वास्थ्यचाैकि कुन्तिका ईञ्चार्ज अर्जुन बहादुर बाेहराका अनुसार सुत्केरी महिला र नवजात शिशु दुबैको अवस्था सामान्य रहेकाे रहेकाे छ ।

यसअघि थापा सहित अन्य ९ जनाकाे जेठ १९ गते पिसिअार परिक्षण गरिएको थियाे । जसमा १ जनाएको रिपोर्ट काेराेना पाेजेटिभ अाएकाे थियाे भने अन्यकाे रिपोर्ट नेगेटिभ अाएकाे थियाे ।

यस्तै बुधबार कुन्ति मावि क्वारेन्टाइनमा १४ दिन पूरा भएका ३२ जनाकाे अारडिटि परिक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ अाएकाेले उनिहरु सहित पिसिअार रिपोर्ट नेगेटिभ अाएका ७ जना गरि ३९ जनालाई घर पठाईएकाे वडा अध्यक्ष गाेपाल थापाले बताउनुभयो ।

वडाले स्थापना गरेका ३ वटै क्वारेन्टाइनमा बसेकाहरूलाई ब्यवस्थापन र नियमित रुपमा स्वास्थ्य परिक्षण कार्य समेत भैरहेकाे जनाईएकाे छ ।