मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखमा क्वारेन्टाइनमा रहेका ९९ जनालाई होम क्वारेन्टाइनमा सारियो

मेल्लेखमा क्वारेन्टाइनमा रहेका ९९ जनालाई होम क्वारेन्टाइनमा सारियो


लालबहादुर चदारा, अछाम ।

मेल्लेख गाउपालिका वडा नं. ४ कुस्कोटको क्वारेन्टाइनमा रहेका ९९ जनालाई आज होम क्वारेन्टाइन मा पठाईएको छ । भारतबाट आएर १४ दिन बिद्यालयको क्वारेन्टाइनमा बसेका उनिहरुको आरडिटी परिक्षण नेगेटिभ देखिए पछि घर पठाईएको हो ।

उनिहरुलाई थप ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाईएको हो । कालिका आधारभुत बिद्यालयको क्वारेन्टाइनबाट ५ जना, स्वरस्वति निमाबि राँफाबाट ३० जना, मालिका निमाबीबाट २७ जना, जनकल्याण आधारभुत बिद्यालय बाट ४ जना, बासुकि मा बि को क्वारेन्टाइन बाट १९ जना र आदर्श निमा बि बाट १४ जना लाई घर पठाईएको हो ।

वडा कार्यलयका सहायक दिल बहादुर साउदका अनुसार कुस्कोटमा भारत बाट आउनेको संख्या दिनप्रतिदिन बढदै गैरहेकाले क्वारेन्टाइन ो ब्याबस्थापन गर्न समस्या भइरहेको छ । कुस्कोटबाटै आरडिटी नेगेटिभ आएका ५३ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि पठाएको रिपोर्ट आउन बाकि रहेको वडा अध्यक्ष वीर बहादुर साउदले बताए ।

आरडिटी परिक्षणमा पनि सबै भन्दा बढि पोजिटिभ को कुष्कोटमा रहेको भन्दै कुस्कोट बासिले अझै सजक हुनुपर्ने देखिएको छ । कुस्कोट मा अझै २ सय ५७ जना भन्दा बढि बिद्यालय क्वारेन्टाइनमा रहेका छन् ।