मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोरोना नियन्त्रणमा ४ करोड २३ लाख खर्च, कुन पालिकाले कति खर्चिए ?

अछाममा कोरोना नियन्त्रणमा ४ करोड २३ लाख खर्च, कुन पालिकाले कति खर्चिए ?


गीता कुँवर अछाम|

स्थानीय तहहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत वितरणमा ४ करोड २३ लाख ४ हजार रकम खर्च गरेका छन्। अछामका दश स्थानीय तहले कोरोना रोकथाम, नियन्त्रण, राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ सामाग्री खरिदमा हालसम्म उक्त रकम खर्च भएको जनाएका छन्।

सबै भन्दा बढी साँफेबगर नगरपालिकाले ६९ लाख खर्च गरेको छ। सबैभन्दा कम १४ चौरपाटी लाख खर्च गरेको छ। साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवरका अनुसार राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ समाग्री खरिद, बयलपाटा अस्पतालमा आइसोलेसन कक्ष निमार्णमा ६९ लाख रकम खर्च भएको छ।

सबै भन्दा कम रकम खर्च गरेको चौरपाटीले राहत भने वितरण गरेन। कम्तिमा ४ महिना खान पुग्ने खाद्यान्न स्थानीयहरुसँग भएकाले राहत वितरण नगरिएको गाउँपालिकाले जनाएको छ। पालिकाका स्वास्थ शाखा प्रमुख धनबहादुर थापाले भने ‘क्वारेन्टाइन व्यवस्थापनमा १ लाख र स्वास्थ सामाग्री खरिदमा १३ लाख खर्च भएको छ।’

यसैगरी पञ्चदेवल बिनायक नगरपालिकाकाले ६३ लाख खर्च गरेको नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख भरत अधिकारीले जानकारी दिए। उनले भने ‘क्वारेन्टाइन व्यवस्थापनमा २२ लाख ३० हजार ८ सय खर्च भयो। ९ वटै वडामा राहत वितरणमा २० लाख ३२ हजार ५ सय ४४, स्वास्थ सामाग्री खरिद ७ लाख १२ हजार ८ सय, कर्मचारी जोखिम भत्तामा ५ लाख ६२ हजार ५ सय ५९ रुपैया र अन्य गरी ६३ लाख खर्च भएको छ। खर्च अझै बढ्छ। धेरैको बिल भरपाई आउनै बाँकी छ।’

तुर्माखाद गाउँपालिकाले ५१, लाख ५२ हजार ५ सय खर्च गरेको प्रमुख प्रशासकिय अधिकृत बासुदेब भण्डारीले जानकारी दिए। गाउँपालिकाले स्वास्थ्य तथा सर्जिकल सामाग्री र मास्क खरिद ११ लाख ९७ हजार ६ सय ८२, क्वारेन्टाइन स्थापना तथा सञ्चालन खर्च ५ लाख ६३ हजार ८ सय ८७, राहत वितरण २४ लाख १८ हजार, आवागमन नियमन र स्वयंसेवक परिचालन १ लाख ११ हजार ५ सय, उद्धार खर्च (गाडी भाडा) ४ लाख ९० हजार ९ सय, स्वास्थ्यकर्मीहरुको कट्टा गरिएको तलब शोधभर्ना १ लाख ६९ हजार २ सय ९१, सावुन वितरण १ लाख ६९ हजार १ सय ९१ र प्रचार प्रसार खर्च ३२ हजार खर्च गरेको छ।

मेल्लेख गाउँपालिकाले २९ लाख ८५ हजार रकम खर्च गरेको छ। पालिकाले ४ सय १७ जनालाई गरेको राहत वितरणमा ६ लाख ८५ हजार औषधीबाहेक स्वास्थ्य सामाग्री खरिदमा १५ लाख, क्वारेन्टाइन व्यवस्थापनमा ८ लाख रकम खर्च भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत हिक्मतबहादुर बुढाले जानकारी दिए।

ढकारी गाउँपालिकाले ५० लाख, बान्नीगढी जयगढ गाउँपालिकाले ४० लाख, कमलबजार नगरपालिकाले ३६ लाख, रामारोशन गाउँपालिकाले २१ लाख र मंगलसेन नगरपालिकाले ४८ लाख ६७ हजार खर्च गरेका छन्। स्वास्थ लगायतका अन्य सामाग्रीहरु जिल्ला बाहिरबाट ल्याएको र वडामा बनाईएका क्वारेन्टाइनका केहि बिल भरपाई आउन बाँकी रहेकाले खर्चको रकम अझै बढ्न सक्ने ढकारी गाउँपालिका लेखा अधिकृत राजेन्द्र भाटले बताए।