मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपका थप तीन स्थानमा पिसीआर मेसिन राख्ने तयारी

सुपका थप तीन स्थानमा पिसीआर मेसिन राख्ने तयारी


अत्तरिया : उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताएका छन्। गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताए।

देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको उनले बताए।

उनले कोरोना परीक्षणका लागि सुदूरपश्चिमका थप तीन ठाउँमा पिसीआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको बताए।

कञ्चनपुरको दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिकग्रामको काम अघि बढ्ने उनको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्थाबारे बुझ्न उनीसहितको एक उच्चस्तरीय टोली यहाँ आइपुगेको जनाइएको छ।

सो टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टिनलगायत औद्योगिक क्षेत्रको पनि अनुगमन गर्ने जनाइएको छ।