मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा २७ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा २७ जना कोरोना संक्रमित थपिए


धनगढी : सुदूरपश्चिममा आज २७ जनामा कोरोना पुष्टि भएको छ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।

श्रेष्ठका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका दुईजनामा कोरोना पुष्टि भएको हो।