मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेन्टाइनमै सुत्केरी भएकि रुविनालाई नगरपालिकाले दियो कोसेली उपहार

क्वारेन्टाइनमै सुत्केरी भएकि रुविनालाई नगरपालिकाले दियो कोसेली उपहार


हाेम साउद, अछाम।

क्वारेन्टाइन मै बच्चा जन्माएकि मंगलसेन नगरपालिका १ कि रुविना थापालाई मंगलसेन नगरपालिकाले सुत्केरि काेषेलि उपलब्ध गराएकाे छ । बुधबार क्वारेन्टाइन मै छाेरिलाई जन्म दिएकि थापालाई नगर उपप्रमुख सरिता उपाध्यायले वडानम्वर १ का अध्यक्ष गाेपाल थापा मार्फत खानेकुरा सहितको कोसेली प्रदान गरिएको हो।

कोसेलीमा अत्यावश्यक स्वास्थ्य सामग्रि सहित घ्यु, तेल, सुत्केरी मसला लगायत पाेषिलाे खानेकुरा, सुत्केरि महिला र नवजात शिशुलाई लुगा कपडा सहितको सुत्केरी काेषेलि उपलब्ध दिएको हो। नगर उपप्रमुख उपाध्यायले सुत्केरी महिला थापाका लागि रेडक्रस मार्फत उपलब्ध भएको लुगा, सरसफाइ सामग्री लगायतको काेषेलिकाे पाेका समेत वडा अध्यक्ष मार्फत प्रदान गरेकी हुन्।

क्वारेन्टाइनमा सुत्केरी भएकि महिलालाई प्राेत्साहन स्वरुप नगरपालिकाले काेषेलि पठाएको उपप्रमुख उपाध्यायकाे भनाइ छ । क्वारेन्टाइन वस्ने महिलाहरुका दुख र समस्यालाई मध्यनजर गर्दै नगरपालिका बाट महिनावारी उमेरका महिलालाई सेनेटरि प्याड समेत उपलब्ध गराईरहेकाे उनले बताइन। जस अन्तरगत वडानम्वर १ क विभिन्न क्वारेन्टाइन बसेका १९ जना महिलाहरुका लागि ३८ थान सेनेटरि प्याड वडा अध्यक्ष गाेपाल थापा मार्फत पठाईएकाे छ ।

यस्तै वडानम्वर ३ का विभिन्न क्वारेन्टाइनमा १२ जना महिलालाई २/२ वटाका दरले सेनेटरि प्याड उपलब्ध गराईएकाे छ । नगर उपप्रमुख उपाध्याय सहितको टाेलिले वडानम्वर ३ काे शिवनिवास प्रावि तिखडा र सन्त निरंकारि भवनकाे क्वारेन्टाइनमा वसेका महिलाहरूलाई क्वारेन्टाइन मै पुगेर सेनेटरि प्याड वितरण गरियकाे हाे ।

शिवनिवासमा रहेका ३ जना र संत निरंकारि भवनका ४ जनालाई सेनेटरि प्याड बितरण गरिएको जनाईकाे छ । बाँकि महिलाहरुका लागि क्वारेन्टाइन मै उपलब्ध गराउनका लागि वडा अध्यक्ष पदमसिंह भाटलाई हस्तान्तरण गरिएको छ । प्याड बितरणका लागि उपप्रमुख उपाध्याय सहित महिला तथा बालवालिका शाखा प्रमुख मञ्जु महत र स्वास्थ्य शाखा उपसंयाेजक ज्ञानु माझिकाे सहभागिता रहेकाे थियो।