मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममै पिसिआर परिक्षण केन्द्र बनाउन पहल गरौँ : गाँउपालिका अध्यक्ष बोहरा

अछाममै पिसिआर परिक्षण केन्द्र बनाउन पहल गरौँ : गाँउपालिका अध्यक्ष बोहरा


पूर्ण बहादुर खड्का, अछाम । जिल्लाको मेल्लेख गाँउपालिकामा १३ सय ६५ जना क्वारेण्टाईनमा रहेको छन् । भारतबाट आएका उनिहरुको व्यावस्थापनाका लागि गाँउपालिकाले खान बस्न सुबिधा उपलब्ध गराईरहेको पालिका अध्यक्ष लोक बहादुर बोहराले बताए ।

थप सेवा सुबिधाको लागि प्रक्रियामा रहेको अध्यक्ष बोहराले बताए । पिसिआर र आरडिटी परिक्षणका लागि ५०० भिटिएम र १००० आरडिटी किट खरिद गरेर परिक्षण गरिरहेको बताए । आरडिटी पोेटेटिभ आएका नागरिकको स्वाब संकलन गरेर धनगढी पठाईएको समेत जानकारी दिए ।

परिक्षणको दायरा नबढ्नुले संकलन गरेर परिक्षणका लागि पठाईएका स्वाब धनगढीमा थन्किएको भन्दै अध्यक्ष बोहराले यसले गर्दा संक्रमण झन बढ्ने आशंका व्यक्त गरे । जिल्ला भित्रै पिसिआर मेसिन खरिद गर्ने परिक्षण थालनि गर्नुपर्नै भन्दै अध्यक्ष बोहराले यसो हुन नसके जिल्लामा समेत भयाभव अवस्था सृजना हुने उनको भनाई छ ।

देशभर कोरोनाको संक्रमण बढ्दै गएपछी अछामका सबै पालिकाहरुले देश तथा जिल्ला वाहिर रहेको आफ्ना नागरिकहरुलाई उद्धार तथा राहतका कार्यक्रमहरु गरिरहेका छन् । मेल्लेख गाँउपालिकाले आफ्ना नागरिकहरुलाई उद्धार तथा राहतको कार्यक्रमलाई तिब्रता दिईरहेको छ । पालिकाहरुले आ आफ्नै क्षेत्रमा क्वारेण्टाईन निर्माण गरि उनिहरुको व्यावस्थापन र स्वास्थ्य चेकजाँच संगै परिक्षणमा पनि सहयोग गरिरहेका छन् ।

मेल्लेख गाँउपालिकाका अध्यक्ष लोकबहादुर वोहरासंग पत्रकार खम्म खत्रीले गर्नुभएको पुरा कुराकानीको पुरा भाग ।