मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

बैतडीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते


बैतडी – बैतडीको पुर्चाैंडी नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परी एकै परिवारका ३ जना घाइते भएका छन् । घाइते हुनेमा पुर्चाैंडी नगरपालिका वडा नं ५ का ५४ वर्षीय दिल बहादुर कुवँर, उनकी श्रीमती ४८ वर्षीया बेलमती कुँवर र छोरा २० वर्षीय रोहित कुवँर रहेका छन् ।

दिल बहादुर र बेलमतीको अवस्था गम्भीर रहेको छ भने छोरा रोहितको अवस्था सामान्य रहेको घटनास्थलमा खटिनुभएका खोडपे प्रहरी चौकीका इन्चार्ज राम दत्त भट्टले जानकारी दिनुभयो । एमबुलेन्समा चालकसहित ४ जना सवार रहेको बताइएको छ ।

धनगढीदेखि पुर्चाैंडी नगरपालिकातर्फ जाँदै गरेको म १ झ ११३ नं को एम्बुलेन्स खोड्पे-बझाङ् जोड्ने जयपृथ्बी राजमार्ग अन्तरगतको बैतडीको पाटन नगरपालिका ८ र सिगास गाउँपालिका १ को सिमामा पर्ने विन्द्रावनमा बिहीबार राति ९ बजे दुर्घटनामा परेको हो ।

घाइतेहरुलाई स्थानीय र प्रहरीले उद्धार गरेका हुन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएकाे छ । एमबुलेन्स सडकबाट करीब २०० मिटर तल खसेको थियाे । तर चालक भने फरार रहेकाे प्रहरीले जनाएको छ ।