मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारीमा जोरबिजोर प्रणाली लागू, यस्ता नयाँ नियम थपिए

सवारीमा जोरबिजोर प्रणाली लागू, यस्ता नयाँ नियम थपिए


काठमाडौं– बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार निजी सवारी साधन आवागमनमा शुक्रबार देखि औपचारिक रुपमा जोरबिजोर प्रणाली लागू भएको छ। उपत्यकाभित्र र अन्य जिल्लाभित्र मात्र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन। उपत्यकाको हकमा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिएको छ। जोर–बिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने महाशाखाले जनाएको छ।

अत्यावश्यक सवारी साधनबाहेक निजी सवारीसाधन बेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म भने चलाउन रोक लागाइएको छ। तर, कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारीसाधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन।

अत्यावश्यक कामबाहेक जोर–बिजोर प्रणालीलाई उल्लंघन गरेर सवारीसाधन चलाउनेलाई कारवाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

उनका अनुसार उपत्यका भित्रने र बाहिरिने सवारीसाधनलाई भने अनिवार्य पास लिएको हुनुपर्नेछ। पासबिना एक जिल्लाबाट अर्को जिल्ला जान पाइने छैन। नयाँ नियमअनुसार अब दुई पांग्रे सवारीसाधन (मोटरसाइकल, स्कुटर, मोपेड) मा चालक मात्र १ जना र चरापांग्रे सवारीसाधनमा चालकसहित ३ जना मात्र चढ्न पाइनेछ।