मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोल्टी डिपोमा चामल सकियो, खाद्य संकटको खतरा

कोल्टी डिपोमा चामल सकियो, खाद्य संकटको खतरा


प्रकाश सिंह, बाजुरा : जिल्लाको कोल्टी खाद्य संस्थानमा चामल सकिएको छ। संस्थानले चामल सकिएको भन्दै सूचना जारी गर्दै अर्को सूचना जारी नहँुदासम्म चामल बिक्रीमा रोक लगाएको हो।

यो आर्थिक बर्ष अनुदानको चामल ७ हजार क्वीन्टल बिक्रि बितरण भइसकेको र डिपोमा मौज्दात सकिएपछि बिक्री रोकेको संस्थानले जनाएको छ। खाद्य व्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड डिपो कार्यलय कोल्टीका डिपो प्रमुख नविन प्रसाद आचार्यले मौज्दात सकिएको बताए। 

कोभिड १९ माहामारीको बेला खाद्य संस्थानमा चामल सकिएपछि खाद्य संकट सुरु हुने नागरिक समाजका संयोजक जनेश भण्डारीले बताए। बजारमा दैनिक उपभोग्य बस्तुको कालोबजारी समेत बढेको उनले बताए। 

कोल्टी डिपोबाट बुढिनन्दा नगरपालिका, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाका नागरिकले सेवा लिने गरेका छन्। खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले भने, ‘तत्कालका लागि चामल बिक्री रोकेका छौँ। ६ सय क्वीन्टल मौज्दात भने छ। असार १ गते बाट बिक्री गर्ने योजना छ।’

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे भने चामल सकिएको विषयमा आफुलाई कुनै जानकारी नभएको बताए।