मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा २४ घन्टामा संक्रमित भेटिएनन्

सुदूरपश्चिममा २४ घन्टामा संक्रमित भेटिएनन्


धनगढी- सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित नभेटिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा एक सय ५० स्वाब नमुनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो।

अस्पतालका अनुसार हालसम्म सुदूरपश्चिममा ६ हजार ३६ जनाको पीसीआर परीक्षण गरिएको छ। तीमध्ये पाँच हजार ८५८ को रिपोर्ट नेगेटिभ आएको छ।

सुदूरपश्चिममा एक सय ७८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ११ जना उपचारपछि घर फर्किएका छन्। यस्तै, एक जनालाई अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ।