मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिचार्जर एप डाउनलोड गर्दा हजार क्यास प्वाइन्ट पाइने, ५ रुपैयाँमा सर्जिकल र सयमा एन ९५ मास्क

रिचार्जर एप डाउनलोड गर्दा हजार क्यास प्वाइन्ट पाइने, ५ रुपैयाँमा सर्जिकल र सयमा एन ९५ मास्क


सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ । त्यसैगरी के एन ९५ मास्क एक सय रुपैयाँमा नै उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

समय र पैसाको बचत गराउँदै आफ्ना प्रयोगकर्तालाई रिचार्जरले सस्तो मूल्यमा कोभिड १९ का सुरक्षा उपकरणहरु उपलब्ध गराउन लागेको हो । जस अन्तर्गत पकेट स्यानिटाईजर १५० मा, इम्युनिटी बुस्टर डबल सी जुस सय रुपैयाँमा, पीपीई सेट ८५० रुपैयाँ र थर्मल गन २ हजार ४ सय रुपैयाँमा उपलब्ध हुने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

बजारमा उल्लेखित मूल्यमा सामानहरु नपाइने भएकाले रिचार्जरले यस्तो अफर ल्याएको उनको भनाइ छ । यसैगरी सेवाग्राहीले आफ्नो मोबाइलमा रिचार्जर एप डाउनलोड गरी खाता खोल्दा एक हजार क्यास प्वाइन्ट पाउने छन् ।

यसरी प्राप्त हुने क्यास प्वाइन्ट रिडिम गरी सामान खरिद गर्दा २ देखि १० प्रतिशतसम्म छुट पाइने भने अफरको बेला शतप्रतिशत क्यास प्वाइन्ट रिडिम गरी सित्तैमा सामान किन्न सकिन्छ । रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टको कम्बो प्याक समेत सस्तो मूल्यमा उपलब्ध गराउने जनाएको छ ।

७ हजार ९९९ देखि सुरु हुने कम्बो प्याकमा सर्जिकल मास्क सय थान, पन्जा सय, फेश सिल ५, थर्मलगन एक र ५ सय मिलिलिटरको स्यानिटाइजर ३ वटा उपलब्ध हुनेछन् ।

जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० पनि प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिने नेपाल समयमा खबर छ ।