मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेको हाटबजारमा मदिरा बाहेकका पसलहरु खुल्ला हुने

साँफेको हाटबजारमा मदिरा बाहेकका पसलहरु खुल्ला हुने


पूर्ण बहादुर खड्का, अछाम ।

साँफेबगरको हाटबजारमा मदिरा बाहेकका पसलहरु खुल्ला गरिने भएको छ । शुक्रबार साँफेबगर नगरपालिका वडा नं. ३ मागठन भएको बजार अनुगमन समितीले मदिरा र सैलुन बाहेका पसलहरुलाई केहि सम्म खुल्ला गर्ने निर्णय गरेको हो ।

समितीका संयोजक एवंम वडाध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरको हो । शनिबार भोली बाट लागु हुने गरी बिहान ६ बजे देखि दिउसो १२ बजेसम्म व्यावसाय संचालन गर्न सकिने निर्णय गरिएको छ ।

सर्त राखेर गरिएको निर्णय अनुसार होटल तथा नास्ता व्यावसायीहरुले खानेकुरा प्याकिगं गरेर मात्र सेवा दिने र लजलाई पूर्ण रुपमा निषेध गर्ने, सबै व्यावसायिहरुले मास्क, पंजा प्रयोग गर्ने र हात सेनिटाईज गर्ने गरि व्यायसाय संचालन गरिने निर्णय भएको हो ।

सबै व्यावसायीहरुले सामाजिक दुरी कायम गरि व्यावसाय सुरु गर्न सकिने बजार अनुगमन समितीका सदस्य कृष्ण कुवँरले बताए ।